back
CTIZAN AD

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

वि.सं.२०७८ असोज १२ मंगलवार

660 

shares

एएनआई । संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् ।

अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए । प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि आग्रह गरेका थिए ।

तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ ।

अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल बाँकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउन निर्देशन दिएका छन् । शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएको जनाएको छ ।

नयाँ व्यवस्थानुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् । केन्द्रीय राजधानी काबुलसहितका सहरहरूमा यस्तो लगाएका महिलाहरू धेरै देखिन थालेको समाचारमा जनाइएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १०:४१ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...