काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनभित्र भागवण्डा मिलाउँदा योग्यलाई समेट्न नसकिएको बताएका छन् । शनिबार स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाद्धारा बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले योग्यलाई राख्न नसकिएको भन्दै गुनासो पोखे ।
‘मन्त्रिपरिषदले पूर्णता पाएको छ तर, योग्य र क्षमतावान साथीहरुलाई न्याय गर्न नसकेकोमा म दुःखी छु’, देउवाले भनेका छन्, ‘यो गठबन्धनको सरकार हो, बुझ्नुहुन्छ सबैले ।’
प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । प्रधानमन्त्रीले वीपी कोइराला शताब्दी सन्देश पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिए ।
प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिएका थिए।
वि.सं.२०७८ असोज २३ शनिवार १३:१३ मा प्रकाशित






























