Logo
१५ मंसिर २०७९, बिहीबार
     Thu Dec 1 2022
E-paper
  English Edition
   Unicode
Logo

दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको ‘आकाशको जुन हैन’



काठमाडौँ। भ्वाईस अफ नेपाल सिजन थ्री का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत ‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई’ म्युजिक भिडियो सहित बिहिबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत नायक पुष्प खड्का ,रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको छ। पोखरा तथा यसको आसपासका रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियो चलचित्र झैँ निर्देशक श्रेष्ठले एउटा वियोगान्त प्रेम कथा पाँच मिनेटको भिडियो मार्फत उतारेका छन्। यस अघि जोड घटाउ बोलको गीतको म्युजिक भिडियो बनाएर म्युजिक भिडियो निर्माणमा हात हालेका निर्देशक श्रेष्ठले घिन्तांग नामक चलचित्रको भर्खरै छायांकन सकेका छन्।

राजाराम बुढाथोकीको निर्माणमा बनेको उक्त गीतको रचना रसंगीत दिपक शर्मा, संगीत संयोजन पुरुषोतम सुबेदीको रहेको छ भने छायाँकन सौरभ लामा ,सम्पादन अर्जुन जिसी , कलर रेनिश फागोको रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४