Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चिनी लुकाएर राख्ने दुई पसलमा सिलबन्दी



१९ फागनु, काठमाडौँ । बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले बुधबार गरेका अनुगमनका क्रममा गोदाममा चिनी रहँदा पनि कृत्रिम अभाव देखाएको भन्दै विभागले सिलबन्दी गरेको हो । उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको पनि विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी अनुगमनका क्रममा विभिन्न किसिमको कमजोरी औँल्याउँदै विभागले पटक–पटक दिएको निर्देशन पालना नगरेपछि कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सम्पूर्ण सामग्री सञ्चालक स्वयम्को हुनेगरी सिलबन्दी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

विभागले आज नै अन्य पसलमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा अवधेश एण्ड अविनाश स्टोर जडीबुटी, सूर्य देव खाद्य ट्रेडर्स कोटेश्वर, के एल दुगड ग्रुप नरेफाँट, सम्राट खाद्य स्टोर, जडीबुटीलाई मूल्यसूची नराखेको, नापतौल प्रमाणीकरण नगरेको र व्यवसाय दर्ता नगरेको पाएपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।