back
CTIZAN AD

कप्तान खड्का सद्भावना दूतमा नियुक्त

वि.सं.२०७३ फागुन १९ बिहीवार

927 

shares

१९ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा बुधबार बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आम नेपाली युवालाई आग्रह गर्नुभयो ।

उहाँले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयम्सेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिनुभयो ।

त्यस्तै कप्तान खड्काले राष्ट्रिय स्वयम्सेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।

वि.सं.२०७३ फागुन १९ बिहीवार ०४:२५ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...