back
CTIZAN AD

पूर्वसचिव खनालप्रति इंगित गर्दै प्रचण्डले भने – अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको विरोध गरे

वि.सं.२०७८ कात्तिक ७ आइतवार

690 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको विरोध गर्न थालेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीको विरोध गर्न हिजोका कर्मचारीतन्त्रका ठूला भनिने मान्छे लागेको बताए ।

पूर्वसचिव रामेश्वर खनालप्रति इंगित गर्दे प्रचण्डले परिवर्तन विरोधीको आवाज भनि संज्ञा दिए । उनले माओवादी सिद्धिएर के आउँछ भनि प्रश्न गरे ।

‘कतिपय ठुल्ठूला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै’, प्रचण्डको प्रश्न छ, ‘को हुन् ति मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुनःस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?’

पूर्वसचिव खनालले केही दिनअघि माओवादी सकिनुपर्ने भन्दै केही ट्विट गरेका थिए। उनले ‘ माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिनँ म त’ भनेका थिए ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १७:३६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...