काठमाडौ । गत साता आएको बेमौसमी वर्षाका कारण देशैभरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबाली नष्ट भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा जारी तथ्यांंक अनुसार सात प्रदेशका विभिन्न जिल्लामा ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको समाचार सोमबारको राजधानी दैनिकमा रहेको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बेमौसमी वर्षाका कारण सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति भएको छ । प्रवक्ता सन्जेलका अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भएको छ ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको बाँके, रुपन्देही, बर्दिया, कपिलवस्तु गरी ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा पाकेको धान नष्टद भएको छ । साथै सुदूर पश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा रहेको धानबाली नष्ट भएको हो ।
बेमौसमी वर्षाका कारण २६ जिल्ला बढी प्रभावित, सबैभन्दा बढी प्रभावित प्रदेश नं १
वि.सं.२०७८ कात्तिक ८ सोमवार ०८:१९ मा प्रकाशित






























