back

ऋषिङ गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत एक लाख अनुदान दिने

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

120 

shares
NTC AD
Global IME AD

तनहुँ । ऋषिङ गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने भएको छ । कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए रु एक लाख अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले रु १५ लाख बजेट छुट्याएको छ ।

बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार रु १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनले जानकारी दिए।

तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले वर्षाको समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई रु ६० हजार, आंशिक क्षति भएकालाई रु ३० हजार र कम क्षति भएका परिवारलाई रु १५ हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

दोस्रो ऋषिङ म्याराथन, दोस्रो ऋषिङ अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड र प्रथम उपाध्यक्ष कप प्रतियोगिता आयोजा गर्ने निर्णय गरिएको छ । यसैगरी कार्यालय सहयोगी र प्राथमिक तहका शिक्षकलाई तलब उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको छ । जसअनुसार लेखापाललाई रु १६ हजार, इसिडी शिक्षकलाई रु १५ हजार, १–३ विद्यालयका कार्यालय सहयोगीलाई रु १० हजार, १–५ विद्यालयका कार्यालय सहयोगीलाई रु १२ हजार, १–८ विद्यालयका कार्यालय सहयोगीलाई रु १३ हजार र १–१२ विद्यालयका कार्यालय सहयोगीलाई रु १४ हजार प्रदान गरिनेछ । रासस ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०७:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...