back
CTIZAN AD

प्रधानन्यायाधीशमाथि उठेको प्रश्नबारे पहिलोपटक बोले ओली, भन्छन् – परमादेशको परिणाम देखियो

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

654 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र निकै अशोभनीय गुटबन्दी देखिएको बताएका छन् । प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफुँ र आफ्नो पार्टी अदालतभित्रको गुटबन्दीमा नपस्ने बताए ।

‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो’, ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

उनले अदालतभित्र पक्षधरता देखिनु नै गलत भएको बताए । एमाले निष्पक्ष न्यायालयको पक्षमा रहेको ओलीको भनाई छ ।
‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उनले भने, ‘हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’

ओलीले परमादेश दिनुभन्दा अघिकै सेटिङको परिणाम अदालतमा अहिले देखिएको बताए । उनले अदालत निष्पक्ष र स्वतन्त्र हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

एक अर्को प्रसङ्गमा बोल्दै उनले पार्टी उपाध्यक्ष भीम राववले दिएको भनाईको जवाफ माग्ने बताए । उनले सुदूरपश्चिमका कुनै जिल्लामा एमालेको वडा अधिवेशन नभएको भन्ने भनाई गलत भएको बताए ।

ओलीले भने, ‘एकदुई जनाले के भन्छन्, त्यसको कुनै मतलब भएन, उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म सोध्छु ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १२:१६ मा प्रकाशित

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...