back
CTIZAN AD

विवेकशील साझाको केन्द्रीय समिति बैठक : दुई तिहाइले पारित गर्‍यो रवीन्द्र मिश्रको चर्चित दस्तावेज

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

762 

shares

काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रशको दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ पारित गरेको छ । बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकले दस्तावेज पारित गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

मिश्रले उक्त दस्तावेजमा संघीयताको खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको प्रस्ताव गरेका छन् । निकै चर्चामा रहेको उक्त दस्तावेज विवेकशील साझाको केन्द्रीय समितिका १२४ सदस्यमध्ये ९१ सदस्यको समर्थनसहित पारित भएको हो ।

बिहीबार बसेको बैठकले पार्टी अध्यक्षलाई अधिकार दिने गरि विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । बैठकले संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको एजेण्डामा अन्य राजनीतिक दलभित्र छलफल चलाउने निर्णय गरेको छ । एजेण्डा आधारमा बृहत्तर ध्रुवीकरण र एकताको अभियान चलाउने पनि निर्णय गरेको पार्टी प्रवक्ता पाठकले जानकारी दिए ।

मिश्रले फरक मत सार्वजनिक भएसँगै विरोधमा देखिएको मिलन पाण्डे नेतृत्वको समूह भने बैठकमा उपस्थित थिएन । पाण्डे समूहले बेग्लै अनौपचारिक बैठक राखेर असन्तुष्टी जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:४८ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...