back
CTIZAN AD

कुवेतमा एक सातामै तीन महिलासहित चार नेपालीको मृत्यु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

777 

shares

कुवेत । एकसाताको अन्तरालमा कुवेतमा ४ नेपालीले ज्यान गुमाएको समाचार छ । तेह्रथुम, इलाम तथा परिचय नखुलेका २ महिलासहित ४ नेपालीको मृत्यु भएको हो ।

तेह्रथुम आठराइ गाउँपालिका ४ इवाकी सञ्चिता बस्नेतको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ ।

फर्वानिया अस्पतालमा उपचार गराइरहेकी बस्नेतको १७ अक्टोबरमा मृत्यु भएको नेपाल कुवेत सरोकार समाजका संरक्षक राम तामाङले संचारमाध्यमलाई जानकारी दिएका छन् । बस्नेत केही समयदेखि कुवेतमा अवैद्यानिक रुपमा बस्दै आएको समेत बताइएको छ ।

त्यस्तै ३० सेप्टेम्बरका दिन ईलामका प्रदीप फागु आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन् । कुवेतमा तीनवर्ष देखि कार्यरत सन्दकपुर गाउँपालिका– १ का २८ वर्षीय फाुगुको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
फागु मंगाफस्थित ब्लक–३ मा आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएको सृजनशिल युवा समाज कुवेतका अध्यक्ष पुस्करसिंह धामील बताएका छन् । कम्पनीबाट भागेर अवैद्यानिक रुपमा अर्कै कम्पनीमा काम गरिरहेका फागुका घरमा एक छोरी र श्रीमती छन् ।

कम्पनीबाट भागेर अर्कै ठाउँमा काम गरेका फागुको शब नेपाल पठाउन कम्पनीले कुनै सहयोग गर्न नसक्ने बताएको र दूतावासले उनको शब नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।

त्यसैगरी अन्य दुई नेपाली महिलको पनि मृत्यु भएको जनाइएको छ । स्पष्ट परिचय नखुलेका उनीहरुको कुनैपनि कागजात नभएकोले नेपाली भएपनि कुन जिल्लाका हुन् भन्ने नखुलेको बताइएको छ ।
दूतावासकी द्वितीय सचिव जानकी ओझाका अनुसार उनीहरूको फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि मात्र परिचय खुल्नेछ ।
दूतावासले पछिल्ला समयमा कुवेतमा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको र शब पठाउन समेत समस्या पर्दै गएको समेत बताएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:३२ मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...