back
CTIZAN AD

२६ वर्ष एमालेबाट राजनीति गरेका रानाभाटले पार्टी परित्याग गरेको घोषणा गर्दै यस्तो लेखे

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

1.3K 

shares

काठमाडौं । २६ वर्ष एमालेबाट सक्रिय राजनीति गरेका राम रानाभाटले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
१० बुँदे सहमति अनुसार पुनस्र्थापित नेकपा एमालेको अष्ट्रेलिया जिल्ला कमिटी प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको उपाध्यक्ष समेत रहेका रानाभाटले नेकपा एमालेको २०५२ सालदेखिको (२६ बर्षे) संगठित सदस्यता समेत नविकरण नगर्ने र एमाले परित्याग गर्ने निर्णय गरेको घोषणा गरेका छन् ।

सन् २०१३ देखि एमालेको प्रवास कमिटीमा रहेर सक्रिय भूमिका निर्वाह गरेका उनले यस्तो घोषणा गर्दै प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेलाई मन्चको उपाध्यक्ष पदबाट राजीनामा बुझाउँदै एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा समेत गरेका हुन् ।

May be an image of Ram Ranabhat

‘पार्टीमा विभाजित मानसिकता र गुटगत् संरचना रहिरहेसम्म “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने हाम्रो राष्ट्रिय आकांक्षा कदापि पूरा हुन नसक्ने मेरो ठहर छ । तसर्थ पार्टी पुनः एकताबद्ध भएर अघि बढ्नुको बिकल्प छैन,’पार्टी परित्याग गरेको घोषणा गर्दै उनले भनेका छन्,‘यदि नेपालमा कम्युनिस्ट पार्टी एकताबद्ध हुन सकेन भने नेपालको समृद्धि र नेपाली बामपन्थि आन्दोलन १५\२० वर्ष पछाडि धकेलिने निश्चित छ ।’

रानाभाट २०६२\०६३ को जनआन्ँदोलनका घाईते समेत हुन् । उनी २०६३ बैशाख ५ गते पोखरामा भएको संयुक्त जनआन्दोलनमा सहभागी उनको सेनाको कुटाईबाट दाहिने खुट्टा भाचिएको थियो ।

रानाभाट लोकतांत्रिक जनआंदोलनका घाईतेहरूको केन्द्रीय समितिको सचिव एवं जनआंदोलनका घाईतेहरूका माँग पुरा गराउन आन्दोलन संयोजन समितिको संयोजक समेत भएर काम गरेका व्यक्तित्व हुन् ।

यस्तो छ उनले अध्यक्ष पाण्डेलाई बुझाएको पत्रको पूर्ण पाठ
‘पदबाट राजिनामा एवं नेकपा एमाले परित्याग !
क. रमेश पाण्डे,
अध्यक्ष, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया
बिषयः– राजिनामा सम्बन्धमा।
यस प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको उपाध्यक्ष म राम रानाभाट आजको मितिबाट लागू हुनेगरी कुनै पनि पदमा नरहने गरी उपाध्यक्ष पदबाट राजिनामा दिने निर्णय गरेको छु ।  सन् २०१३ देखि लगातार (एमाले) को अष्ट्रेलिया जिल्ला कमिटी (प्रवासी नेपाली मञ्च अष्ट्रेलिया) को दुई कार्यकाल प्रथम उपाध्यक्ष र उपाध्यक्षको पदमा रही लगनशील र ईमानदारीतापूर्वक काम गरेको कुरा यहाँहरू सबैलाई बिदितै छ। मलाई दुई कार्यकाल सर्वसम्मतिले उपाध्यक्ष बनाउन सहयोग गर्नुहुने अग्रजहरू आदरणीय डा. जगदिश तिम्सिना, डा. सिन्धु ढुंगाना र अष्ट्रेलिया भरिका सम्पूर्ण सहयोद्धा, सहकर्मी, सहयोगी र शुभचिन्तक मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

साथै नेपालमा नेकपा (एमाले) का नेताहरूको नितान्त ब्यक्तिगत स्वार्थ र टकरावका कारण पार्टी बिभाजन भएको र दुबै समुहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई नै आघात् पार्ने गरी अबान्छित र अमर्यादित गतिविधिहरू निरन्तर रूपमा हुदै आएको कुरा सर्वविदितै छ।

पार्टीमा विभाजित मानसिकता र गुटगत् संरचना रहिरहेसम्म “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने हाम्रो राष्ट्रीय आकांक्षा कदापि पूरा हुन नसक्ने मेरो ठहर छ। तसर्थ पार्टी पुनः एकताबद्ध भएर अघि बढ्नुको बिकल्प छैन । यदि नेपालमा कम्युनिस्ट पार्टी एकताबद्ध हुन सकेन भने नेपालको समृद्धि र नेपाली बामपन्थि आन्दोलन १५/२० वर्ष पछाडि धकेलिने निश्चित छ । छदाखाँदाको करिब दुईतिहाईको संघीय सरकार, गण्डकी, लुम्बिनी, बागमती र १ नम्बर प्रदेश सरकार समेत ढल्ने अवस्थामा पुग्नु र एउटा विशाल कम्युनिस्ट पार्टीलाई तीन चिरा पार्ने काम क. केपी ओलीकै नेतृत्वमा भयो। बहुमतलाई थेग्न र सिंगों कम्युनिस्ट पार्टी चलाउन क. ओली असमर्थ हुनुभयो भन्ने मेरो ठम्याई छ। सबै नेताहरूले भए गरेका गल्ति कमजोरीबाट पाठ सिकेर आत्मालोचना गर्दै पुनः एकिकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता हो। तर क. केपी ओलीको दम्भ, अहंकार, कटाक्ष गर्ने कार्यशैली र गुटगत मानसिकताका कारण उहाँको नेतृत्वमा पुनः एकिकृत कम्युनिस्ट पार्टी बन्न नसक्ने ठहर पनि मैले गरेको छु। तसर्थ आजकै मितिबाट लागू हुनेगरी पुनर्स्थापित प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको उपाध्यक्ष पदबाट राजिनामा दिएको छु।

हालसम्म संगठनको बिभिन्न निकाय र तहमा मलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याउन सहयोग गर्नुहुने नेतृत्व, सहकर्मी मित्रहरू र सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद् ज्ञापन गर्दछु। हार्दिक अभिवादन् सहित् धन्यवाद् !’

भवदीय
राम रानाभाट, अष्ट्रेलिया

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:५२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...