काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थक र विरोधी कानून व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार मध्यान्ह बार परिसरमा प्रधानन्यायाधीशका समर्थक कानून व्यावसायी भूमिनन्द चुँडाल र विरोधी विराट न्यौपानेबीच कुटाकुट भएको हो ।
यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्। परिसर भित्रै दुबैले लाता हानाहान गरेका छन्।
हेर्नुहाेस् भिडियाेमा
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १४:०९ मा प्रकाशित






























