back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ५४९ कोरोना संक्रमित, ६ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

633 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७४६ नमुना परीक्षणमा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा १७३ ललितपुरमा ३१ र भक्तपुरमा २४ गरी उपत्यकामा २२८ जना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार बिहीवारको तुलनामा आज उपत्यकामा संक्रमितको संख्या केही बढेको हो ।

आज थपिएका ५४९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ६ हजार २५५ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको छ । ती मध्ये होम आइसोलेसनमा ९,३७९ र संस्थागत आइसोलेशनमा ७७२ जनाको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार हाल देशैभरीका अस्पतालका आइसीयुमा २४२ जना र आइसीयुमा ७८ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी आज निको भएका ५६९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९० हजार ३५८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ५६ लाख ४६ हजार ४०७ पुगेको छ ।  ती मध्ये पहिलो मात्रा खोप ८६ लाख ६२ हजार २५० जना र ६९ लाख ८४ हजार १५७ जनाले दुवैमात्रा खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

 

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १६:५२ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...