back
CTIZAN AD

बारमा कुटिएका वकिलले रुदै भने-राजतन्त्र आउनैपर्छ प्रधानन्यायाधिश राजतन्त्रको खम्बा हुन्’

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

903 

shares

काठमाडौं । नेपाल बार एसोसियसनको प्रांगढमा शुक्रवार दिउँसो दुई वकिलबीच हात हालहाल भएको छ ।

शुक्रवार दिउँसो वकिलद्धय विराट न्यौपाने र अर्का वकिल भूमिनन्द चुँडालवीच हात हालाहल भएको हो । इजलास खोल्नुपर्छ भन्दै केही मिडियामा आफ्ना विचार राखिरहेका बारका अधिवक्ता चाुँडाललाई अर्का अधिवक्ता न्यौपानले हातपात गरेका हुन् ।

प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवराले राजीनामा दिनुपर्छ भन्ने माग गर्दै बेच्न बहिष्कार गर्दै आएका न्यौपानेले प्रधानन्यायाधिशको समर्थन गरिरहेका चुँडाल न्यायाधिशहरुले गरेको बेन्च बहिष्कारकार विरुद्धमा रहेका छन् । उनले इजलास चल्नुपर्छ भन्दै आएका छन् ।

न्यौपानले उनीमाथि हातपात गरेपछि चँुडालले रुदै अब अति भएकोले राजतन्त्र ल्याउनैपर्ने तथा प्रधानन्यायाधिश राजतन्त्रको खम्बा रहेको भन्ने अभिव्यक्ति वारकै प्रागंढमा उभिएर दिएका छन् भने न्यौपानेले भने चुँडाल दलाल रहेको आरोप लगाउँदै हिर्काउनैपर्ने अभिव्यक्ति दिएका छन् ।

May be an image of 1 person and standing

अधिवक्ता, विराट न्यौपान
‘यो झगडा होइन नसियत मात्र हो । अदालत परिसरमा हातपात गरेँ त्यसको जिम्मा म लिन्छु । त्यो अन्तरनिहित कुरा मलाई थाहा छ । यो बारको परिसर हो म भित्र जाने र नजाने मलाई थाहा छ म कतिदिन भित्र हुन्छु र बाहिर हुन्छु भन्ने । राम्रो कुराको लागि भित्र गएर पनि केही पनि छैन । उ ले पनि हातपात गर्यो मैले पनि गरेँ । मैले नै गरे पनि के फरक पर्यो र ? मैले नसियत मात्र दिएको हुँ ।

आक्राशित न्यौपानेले पत्रकारलाई समेत ‘तपाई कुन मेडिया र कस्को पक्षबाट आउनु भएको ?’ भन्ने प्रश्न समेत गरेका थिए ।

May be an image of 1 person and standing
अधिवक्ता, भूमिनन्द चुँडाल
बारले केही गर्न सक्तैन अब । यो वार यति गैरकानुनी र गैरसंवैधानिक भा’छ । देशमा गणतन्त्र अन्त्य भैसक्यो । अब राजतन्त्र आउँछ आउँछ यो देशमा । राजतन्त्र नल्याइकन हुँदैन यो देशमा । राजतन्त्र विना यो प्रधानन्यायाधिश हट्दै हट्दैन । राजतन्त्रको खम्बा हो हाम्रो प्रधानन्यायाधिश । राजतन्त्र नआएसम्म हाम्रो प्रधानन्यायाधिश रहन्छ । बारका दलालबाट अन्याय भा’छ । बारको नेतृत्व नै दलाल छ ।

वारले हामीजस्ता स्वतन्त्र कानुन व्यवसायीमाथि अन्याय गरेको छ । हामीलाई कुट्दा हेरेर बस्छ । वारका पदाधिकारी हाँसेर बस्छ । यो कस्तो अन्याय छ । एउटा कानुन व्यवसायी सर्वोच्च अदालतमा पिटिन्छ । बार हेरेर बस्छ । यस्तो अन्याय छ देशमा । यो व्यवस्थाको अन्त्य होस् म रगत बगाउन चाहान्छु । राजतन्त्र आउनैपर्छ राजतन्त्र नल्याइकन छोड्दै छोड्दिन ।’

बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलबीच कुटाकुट (भिडियोसहित)

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १७:५२ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...