अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको क्षेत्रिय समिति मेरिल्याण्ड च्याप्टरको सल्लाहकारमा समाजसेवी सवि थापा चयन भएकी छन् ।
म्याग्दी घर भई लामो समयदेखि अमेरिकामा रहेर अमेरिका तथा नेपालमा आर्थिक, नैतिक र भौतिक रुपमा समाजसेवामा सक्रिय रहेकी थापालाई च्याप्टरले सल्लाहकारमा मनोनित गरेको हो ।
इशा फाउन्डेशनकी संरक्षक समेत रहेकी समाजसेवी थापाले नेपालमा रहेका दुःखी गरिव, स्वास्थ्योपचार नपाएका तथा शिक्षाबाट बन्चित भएका बालबालिकाको शिक्षाको लागि ठूलो योगदान पुर्याउँदै आएकी छन् । थापाको सहयोगमा नेपालको विभिन्न जिल्लामा दर्जनौ बालबालिकाले शिक्षाको उज्यालो लिइरहेका छन् भने केहीले उच्च शिक्षा समेत हासिल गरिसकेका छन् ।
च्याप्टरका अध्यक्ष राजु पराजुलीका अनुसार मेरिल्याण्डमा बसेर सामाजिक सेवामा सक्रिय रहेका व्यक्तित्वहरुमध्येबाट थापालगायत ११ जनालाइ च्याप्टरको सल्लाहकारमा चयन गरिएको हो ।
च्याप्टरको अन्य सल्लाहकारमा हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती अनु वन्त, कुल प्रसाद गुरुङ, बिक्रम केसी, धर्म बेलबासे, सन्तोष पौडेल, शशि थापा, अंशु कार्की, र ओसाविन श्रेष्ठ मनोनित भएका छन् ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:३५ मा प्रकाशित




























