back

ग्रेटर रशुमर कम्युनिटी युकेले नयाँवर्ष २०७४ मनाउने

वि.सं.२०७३ फागुन २० शुक्रवार

393 

shares
GLOBAL IME AD
NTC AD

uk-phoot

ग्रेटर रशुमोर नेपाली कम्युनिटी युकेले नयाँवर्ष २०७४ भव्यरुपमा मनाउने भएको छ ।
रशमोर नेपाली कम्युनिटीको फानब्रो कम्युनिटी सेन्टर क्वाटर्लीमा हालै सम्पन्न बैठकले १४ अप्रिल २०१७ का दिन नयाँवर्ष २०७४ मनाउने निर्णय गरेको हो ।

समाजका अध्यक्ष ओमप्रसाद थापा मगरको अध्यक्षता, संस्थाका सचिव बिर बलाल मगरको सन्चालन र संस्थाका उपाध्यक्ष रामधन राइको स्वागत मन्त्तव्य रहेको उक्त बैठकमा संस्थाका कोषाध्यक्ष भक्त क्षेत्रीले ३ महिनाभित्र भएका आर्थिक गतिबिधि प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा बितेका तीन महिनाको कार्यसमिक्षा र सुझाव लिने क्रममा उपाध्यक्ष तथा भेटरियन प्रोजेक्टका संयोजक साथै संस्थाको सदस्यता वितरणको विषयमा प्रकास पार्दै विशेषत आउदो वर्ष भेटरियन प्रोजेक्ट अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । साथै सदस्यताको प्रमाणपत्र नपाएकाहरुलाई प्रमाणपत्र वितरण गरिने पनि जनाइएको थियो ।

त्यसैगरी समाजका अध्यक्ष थापाले हालै रशमोरबरो काउन्सीलसँग सहकार्य गरी नेपाली कम्युनिटीका लिडरहरुलाई समाज सन्चालनका निम्ति लोकल निकाय च्यारिटी डोनरहरुसँग कसरी फन्ड कलेक्सन गर्न सकिन्छ र पाएको रकम सन्चालन गर्ने भन्ने एक कार्याशाला कक्षामा धेरैको सक्रिय तथा उत्साहजनक सहभागीता भएकोमा सबैलाई धन्यवाद दिदैँ समाजका विभिन्न गतिबिधि सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यस्तै दोश्रो चरणमा आउँदो नयाँ वर्ष २०७४ को शुभकामना साँझ साथै बार्षिक भेटघाट कसरी बृहदरुपमा सफल बनाउन सकिन्छ र तयारी कस्तो हुने भन्नेमा छलफल गरिएको थियो । यस कार्यसम्पन्न गर्नका लागि समाजले समाजका वरिष्ठ उपाध्यक्ष जिव वेल्वासेलाई संयोजक समेत तोकेको छ ।
त्यस्तै सहसंयोजकमा सचिव बिर बलाल र सदस्यमा सहकोषाध्यक्ष अमर मल्ल, दिपक घले, उत्तम खत्री र सोम थापा रहेका छन् ।

त्यस्तै सास्कृतिक संयोजकमा उपाध्यक्ष श्रीमती छबिमाया पुन सहसंयोजकतर्फ सचिव लछुमन राना, सुश्री सुरक्षा राना रहेका छन् ।

त्यस्तै समाजले फरवरी २७ देखि अप्रिल दोश्रो हप्तासम्म हरेक हप्ताको दुई दिन नेपाली कल्चर डान्स क्लास हरेक आइतबार अल्डरसड शिव कल्चर सेन्टरमा हरेक आइतबार फानब्रो कम्युनिटी हलमा सन्चालन गर्ने भएको छ । यसका लागि श्रीमती छविमाया पुनलाई नै संयोजक तोकिएको र सहसंयोजकमा लछुमन राना र सुश्री सुरक्षा रानालाई नै जिम्मेवारी दिइएको छ ।

यस्तै आउँदो ११ मार्चमा ग्रेटर रशमोर नेपाली वुमन फोरमको सक्रियतामा विश्व महिला दिवस तथा वुमन इन्फरमेसन डे फानब्रो कम्युनिटी सेन्टरमा धुमधामसँग गतवर्ष जस्तै मनाउने भएको छ ।
यसका लागि समाजका महासचिव रंजिता मल्ललाई संयोजक तोकिएको छ भने सहसंयोजकमा शिला लिम्बु, सुश्री निलम राई र सल्लाहका पुष्पा गुरुङलाई जिम्मा दिएको छ ।
त्यस्तै आउँदो वर्ष रशुमर Rushmmor 10K 2017, uk2, आउँदो ८ अक्टोबरका दिन हुने भएको जानकारी गराउँदै त्यसको लागि कार्यसमितिको चयन गरेको छ ।

संयोजकमा मे रि खिम प्रसाद, सहसंयोजक बिर बलाल र सदस्यहरुमा काउन्सेल सेक्रेटरी नेम थापा, सल्लाहकार के रि टाम बहादुर ढेगा, उपाध्यक्ष रामधन राई रहेका छन् ।

सोहि सन्दर्भमा अध्यक्ष थापाले गत वर्षको Rushmmor 10K 2017, , बाट संकलित रकम नेपालमा परोपकारी कामका लागि ५०० पाउन्ड प्राप्त भएको र रशमोर र सरी इलाकामा भएको असक्त अपांगताहरुको निम्ति उडलेण्ड ट्रष्टमार्फत १५ सय पाउन्ड सहयोग गर्ने जानकारी दिएका थिए । साथै उक्त रकमले हरेक हप्ताको एकदिन शनिबार बिहान पार्कमा दौड फनरन अल्डरसट कुइन्स एभावनु, फिल्डमा उत्साहजनक सन्चालन भएको जानकारी दिदैं दौडमा निःशुल्क रुपमा सहभागी हुँदै स्वस्थ्य रहन सहभागीलाई अनुरोध गरेका थिए ।

सोहि अबसरमा तेस्रो चरणमा संस्थाको ट्रष्टीहरुको बैठक सम्पन्न भएको थियो । पूर्व अध्यक्ष ट्रष्टी सेक्रेटरी रोहित गुरुङको संयोजनमा ट्रष्टी सम्बन्धी छलफल भएको थियो । छलफलमा सल्लाहकार मे रि सुर्य उपाध्याय र पूर्वअध्यक्ष मधुकर गुरुङ, सल्लाहकार के रि टाम ढेंगा, के रि राजेन्द्रमान गुरुङले आ–आफ्नो मन्तव्य राख्दै विशेषत बेलायतको यस राजधानीमा आउँदा दिनमा लोकल राजनीतितर्फ पनि चासो दिनुपर्ने बताएका थिए ।
बैठकमा उपाध्यक्ष छविमाया पुनले आफूलाई संस्कृतिक संयोजकको जिम्मेवारीलाई बहन गर्दै नेपाली संस्कृतिको प्रवद्र्धन र सम्बद्र्धनका लागि रशमोर बासीलाई नेपाली टिपीकल डान्समा सहभागी बनाउन सबै लाग्नुपर्ने बताउँदै यसको भरपुर फाइदा उठाउन अनुरोध गरेकी थिइन् ।
अन्त्यमा अध्यक्ष थापाले सम्पूर्ण कार्यसमिति सदस्हरु र सल्लाहकारहरुमा विशेष धन्यवाद ज्ञापन गर्दै आउँदो महाधिबेशन २२ जुलाई २०१७ को निम्ति तयारीमा लाग्न अनुरोध गर्दै बैठक समापन भएको घोषणा गरेका थिए ।

वि.सं.२०७३ फागुन २० शुक्रवार १०:१८ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...