back
CTIZAN AD

तीन वर्षमा पनि मैदी खोलाको पुल बनेन

वि.सं.२०७३ फागुन २० शुक्रवार

876 

shares

२० फागुन,रामपुर (पाल्पा) । मैदी खोलामा मोटरेवल पक्की पुल निर्माण कार्य सुरु गरेको तीन वर्ष बिते पनि पुल निर्माण कार्य सम्पन्न हुन सकिरहेको छैन । गजरकोट र साँखर गाविस जोड्ने यस मैदीखोलाको पुल निर्माणका लागि निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै आइरहेको छ ।

निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरेको हो । साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेवल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ७५ प्रतिशत मात्र काम भएको छ ।

सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेवल पुल २०७२ को मङ्सिरमै सम्पन्न गर्नुपर्ने योजना रहे पनि काममा ढिलासुस्तीका कारण पुनः २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थपिए पनि सो समय अवधिभित्र पुल निर्माण सम्पन्न हुन सकेन । पुनः म्याद थप गरी २०७३ माघभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाए पनि पुल निर्माण पूरा हुन सकेन ।

निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले पुल ढलानका लागि सडक डिभिजन कार्यालयले डिजाइन छनोट नगरेका कारण काम प्रभावित भएको बताउनुभयो । डिभिजन कार्यालयका प्राविधिकले यही फागुन १९ गते ढलानको डिजाइनका लागि अध्ययन अवलोकन गरेका छन् । एक हप्तापछि डिजाइनको रिपोर्ट आएपछि मात्र पुल ढलानको काम हुने ठेकेदार बरालले बताउनुभयो ।

यस खोलामा समयमा नै पुल निर्माण नहुँदा यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले ठूलो समस्या भोग्दै आएका छन् । पुलकै नहुँदा बर्खायाममा रामपुरदेखि, भिमाद, दमौली, नारायणघाट, पोखरा, काठमाडौँसम्मका सवारी साधन बन्द हुने गर्दा आवतजावतमा समस्या परेको स्थानीय बासिन्दा रामप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०९:४३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...