Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

क्रसर उद्योगको स्थलगत अनुगमन



 २० फागुन,दाङ । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ ।

आज बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंह, नेपाली सेनाको रिपुमर्दन गण घोराही दाङका गणपति राजन बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख किशोर श्रेष्ठ, जिल्ला वन कार्यालयका प्रमुख सोमनाथ सिग्देल सम्मिलित उच्चस्तरीय सरकारी टोलीले जिल्लाका विभिन्न खोलामा सञ्चालनमा आएका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले घोराही हुँदै तुलसीपुरबीचका विभिन्न खोलामा सञ्चालनमा रहेका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले गरेको घाटगद्दी, आसपासका खोलामा गरिएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको हो । काफ्लेले प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको जानकारी दिनुभयो । उहाँले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताउनुभयो ।

आज बिहान उच्चस्तरीय अनुगमन टोलीले हापुरे, सङ्क्राम, ग्वार खोलामा सञ्चालनमा आएका क्रसर उद्योगको अनुगमनपछि देउखुरी क्षेत्रमा सञ्चालित क्रसर उद्योगको अनुगमनमा निस्किएको छ ।

जिल्लामा दर्ता भएका जम्मा नौवटा मात्रै क्रसर उद्योग रहे पनि क्रसरको सङ्ख्या भने त्योभन्दा बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम