काठमाडौं । आफ्ना कर्णप्रिय स्वरले देश विदेशमा रहेका नेपालीको मन जित्न सफल भएका गायक राजेश पायल राई लाखौं स्रोताहरुको ढुकढुकी बन्न सफल भएका छन् ।
विदेशका सेलिब्रेटी मात्र नभएर आजभोली नेपालकै सेलिब्रेटीले पनि आफ्नो दैनिकी सुरुवात देखि जीवन नै कसरी विताउँछन त भन्नेमा सबैको चासो रहेको हुन्छ । नाम नचलेका र दुरगमका जनताले के खाए वा खाएनन् भन्नु भन्दा पनि हाम्रा सेलिब्रेटीले कस्ता जीवनशैली अपनाउँछन र के खाएर फिट रहन्छन भन्नेमा स्रोता र दर्शकको चासो रहेको हुन्छ । उनीहरु यस्ता सेलिब्रेटीलाई खोजी खोजी पढ्छन, बुझ्छन र राम्रो जीवनशैलीलाई आफ्नो व्यवहारमा उतारेर अगाढि बढ्न प्रयत्न गर्छन ।
विदेशमा रहेका नेपाली तथा विदेशी श्रोता तथा दर्शकहरुका वीच पुग्ने राजेश पायल राईको जीवनशैलीप्रति पनि धेरैले चासो राख्ने गरेका छन् ।
साधारण दालभात तथा ढिडो नै मन पराउने राईले देश अनुसारको खाना मनपर्ने आफ्ना फ्यानहरुलाई बताएका छन् । अझ उनी खुर्सानीको बढी सौखिन रहेको बताउँछन् ।
उनका अनुसार हामी नेपालीले उमेर अनुसार खानपानमा पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् । उमेर अनुसार खानपानमा ध्यान नपु¥र्याउदा स्वास्थ्यमा हानी हुने बताउने राईले जिब्रोको स्वाद भन्दा पनि शरिरको पाचन क्षमतालाई ध्यानमा राखेर खान आफ्ना फ्यानहरुलाई सुझाव दिन्छन् ।