back
CTIZAN AD

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

वि.सं.२०७३ फागुन २० शुक्रवार

858 

shares

२० फागुन,लिबाङ (रोल्पा) । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।

बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उहाँले बताउनुभयो ।

प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्र्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०६:१६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...