back
CTIZAN AD

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार !

वि.सं.२०७३ फागुन २० शुक्रवार

999 

shares

२० फागुन,गोरखा । अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एनएफसिसी) र विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा स्वयंसेविकालाई मोबाइल उपलब्ध गराएको हो ।

आफ्नो जिम्मेवारी र सेवामा उत्प्रेरणा जगाउँदै गाउँलेको सेवामा थप सहयोगी बन्दै लाग्ने विश्वासका साथ स्वयंसेविकालाई मोबाइल उपलब्ध गराउने चाँजोपाँजो मिलाइएको हो ।

स्वयंसेविकाले थोरै सरकारी सेवा, सुविधा लिएर पनि दुर्गमदेखि सुगम गाउँसम्म पुगेर जनताको स्वास्थ्य सेवा, खोप, पोलियो थोपा, हात्तीपाइलेविरुद्धको औषधि खुवाउनेलगायत काम गर्दै आएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत वीरबहादुर श्रेष्ठले जिल्लाका ६२४ जना स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइसकेको र सिम, रिम पनि उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिनुभयो । यीमध्ये विभिन्न २४ गाविसका स्वयंसेविकालाई केही समयका लागि रिचार्ज खर्चको समेत व्यवस्था गरिएको छ ।

रु दुई हजार मूल्य पर्ने मोबाइल सेट उपहार दिइएको हो । कार्यालयले दिएको मोबाइल सेट स्वयंसेविका छाडेको दिन फिर्ता गर्नुपर्नेछ । श्रेष्ठले भन्नुभयो – “स्वयंसेविकाका रुपमा काम गर्दासम्म यो मोबाइल सेट फिर्ता गर्नुपर्दैन । पदबाट छाडेको दिन नयाँ स्वयंसेविकालाई दिनुपर्छ । त्यो मोबाइल कार्यालय प्रयोजनका लागि हो ।”

एनएफसिसीले २१७, सेभ द चिल्डे«नले २१७ र टिपिओ नेपालले १९० थान मोबाइल सेट खरिद गरी जनस्वास्थ्य कार्यालयमा बुझाएपछि स्वयंसेविकाको मोबाइल उपहार दिइएको कार्यालयले जनाएको छ । कार्यालयले तोकेको नम्बरबाट कामका लागि फोन गर्दा सहज हुने रहेछ” – उहाँले भन्नुभयो ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०५:५५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...