back
CTIZAN AD

तीनै तहको चुनाव गर्न ओलीको आग्रह

वि.सं.२०७३ फागुन २० शुक्रवार

765 

shares

२० फागुन,काँकडभिट्टा (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताउनुभएको छ ।

“वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्छ उहाँले भन्नुभयो ।

विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित रु ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ११:५४ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...