back
CTIZAN AD

सिइयो शाहका सेल्फी तस्बिर सार्वजनिक

वि.सं.२०७३ फागुन २० शुक्रवार

846 

shares

२० फागुन,काठमाडौँ । मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले खिच्नुभएको देशका धार्मिक र पुरातात्विक सम्पदा, हिमाल र जनावरको तस्बिर सार्वजनिक भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले यहाँ आज आयोजना गरेको ‘सेल्फी’ कार्यक्रममा शाहले खिच्नुभएको काठमाडौँको सम्पदा, भक्तपुरको पचपन्न झ्याले दरबार, बाघ, गैँडा, हात्ती लगायतका जनावरको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा शाहले तस्बिरको जिवन्तताका बारेमा चर्चा गर्दै स्तरीय तस्बिर खिच्नसके आर्थिक रुपमा पनि सबल बन्न सकिने विचार व्यक्त गर्नुभयो ।

तस्बिर देखाउँदै उहाँले हरेक घटनालाई पुष्टि गर्ने मुख्य आधार तस्बिर रहेकाले आगामी दिनमा यसको महत्व झन बढ्दै जाने बताउनुभयो ।

आफूलाई तस्बिर खिच्नप्रति अत्यन्तै रुचि रहेकाले आगामी दिनमा स्तरीय तस्बिर खिच्नका लागि आफू निरन्तर लाग्ने धारणा राख्नुभयो ।

उहाँको तस्बिर हेर्नका लागि विभिन्न विद्यालयबाट विद्यार्थी र फोटो पत्रकारको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ फागुन २० शुक्रवार १३:५० मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...