back
CTIZAN AD

गर्भवतीलाई मोबाइलबाटै सन्देश

वि.सं.२०७३ फागुन २० शुक्रवार

900 

shares

iphone

त्रिशूली(नुवाकोट) । यहाँका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ ।

यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन मोबाइल एसएमएस मार्फत जानकारी दिन लागिएको कार्यक्रमका प्रमुख भीमा पराजुलीले बताउनुभयो ।

मोबाइलमा “तपाईँको घरमा कोही गर्भवती हुनुुहुन्छ ? नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन ? अनि नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस्” जस्ता सन्देश प्रवाह गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय र सुआहाराको आयोजनामा आज भएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठकमा गर्भवती तथा बालबालिकाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो ।

सुआहाराले यहाँ सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्तर्गत जिल्लाका ६१ वटै गाविसमा कम केयर एप्समार्फत पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीका अनुसार छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती तथा अभिभावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारमा सहयोग पुग्ने छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार १३:५१ मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...