back
CTIZAN AD

चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने

वि.सं.२०७३ फागुन २० शुक्रवार

768 

shares

 २० फागुन,भीमदत्तनगर । वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उहाँले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्छ ।” हात्ती पीडितलाई राहत दिने विषयमा संसद्बाट ऐन पारित हुने प्रक्रियामा रहेको राज्यमन्त्री भाटको भनाइ थियो ।

कार्यक्रममा वन संरक्षण तथा वन्यजन्तु चोरी सिकार नियन्त्रणमा योगदान पु¥याउने विभिन्न मध्यवर्ती उपभोक्ता समूह, सुरक्षा निकाय तथा व्यक्तिलाई सम्मान समेत गरियो । सरकारले केही महिनाअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्तरोन्नति गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाएको थियो । रासस

वि.सं.२०७३ फागुन २० शुक्रवार ११:५३ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...