Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने



 २० फागुन,भीमदत्तनगर । वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उहाँले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्छ ।” हात्ती पीडितलाई राहत दिने विषयमा संसद्बाट ऐन पारित हुने प्रक्रियामा रहेको राज्यमन्त्री भाटको भनाइ थियो ।

कार्यक्रममा वन संरक्षण तथा वन्यजन्तु चोरी सिकार नियन्त्रणमा योगदान पु¥याउने विभिन्न मध्यवर्ती उपभोक्ता समूह, सुरक्षा निकाय तथा व्यक्तिलाई सम्मान समेत गरियो । सरकारले केही महिनाअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्तरोन्नति गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम