back
CTIZAN AD

श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

645 

shares

सन्सारन्युज । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।

आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

मङ्गलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार २१:४४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...