back
CTIZAN AD

द्वन्द्वका कारण ठूलो सङ्ख्यामा कङ्गोका बासिन्दा युगान्डा छिरे

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

885 

shares

सन्सारन्युज । कम्तिमा ११,००० व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो ।

एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन् । प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार “पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी द्वन्द्वले आइतबार रातिदेखि कम्तीमा ११,००० मानिसहरूलाई सीमा पार गरेर युगान्डा भाग्न बाध्य बनाएको छ ।”

उत्तरी किभुको रुत्सुरु क्षेत्रमा मिलिसिया समूहहरू र कङ्गोको सशस्त्र सेनाहरू बीच लडाइँ जारी छ । करिब ८,००० शरणार्थीहरूले बुनागाना सहर र थप ३,००० ले किबाया सीमा बिन्दु पार गरेका छन् जुन युगान्डाको राजधानी कम्पालाबाट ५०० किलोमिटर (३०० माइल) दक्षिणपश्चिममा पर्दछ ।

धेरै मानिसहरू खाना पकाउने भाँडाकुँडा, सुत्ने म्याट, लुगाफाटा र गाईवस्तु लिएर भागेको प्रवक्ता मन्टुले बताएका छन् । संदिग्ध विद्रोहीहरूले आइतबार राति सेनाको क्याम्पमा आक्रमण गरेर स्थानीयलाई भयभीत पारेका थिए ।

कङ्गोली सेनाले एम ३३ भनिने विद्रोही समूहलाई यो आक्रमणको दोषी ठहराएको छ । यो समूह त्यहाँ द्वन्द्वरत १२० भन्दा बढी सशस्त्र समूहहरूमध्ये एक हो । यूएनएचसीआरले करिब ५०० शरणार्थीहरूलाई न्याकाबन्दे ट्रान्जिट सेन्टरमा स्थानान्तरण गरेको छ जहाँ १,५०० जनासम्म अटाउन सक्छन् ।

युगान्डाले करिब १५ लाख शरणार्थीहरूलाई आश्रय दिएको छ । अफ्रिकन देशहरूमा सबैभन्दा बढी शरणार्थीलाई युगान्डाले आश्रय दिएको छ जसमा करिब चार लाख चालीस हजार शरणार्थी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट भागेर आएका छन् ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार २१:५६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...