काठमाडौं । नेकपा (एमाले) महासचिव ईश्वर पोखरेल सहभागि हुने भनिएको कार्यक्रममा झडपको अवस्था बनेपछि सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्र केन्द्रीत गरि निषेधाज्ञा जारी गरेको हो ।
बिहान ११ बजेदेखि राति १२ बजेसम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उक्त क्षेत्रमा कुनै प्रकारका सभा, समारोह तथा जुलुस नगर्न प्रशासनले भनेको छ।
पोखरेललाई प्रमुख अथिति बनाएर कमलामाई नगरपालिकाले बाल उद्यान पार्कको उद्घाटन गर्न लागेको थियो । उक्त बाल उद्याममा पुष्पलाल र बिपीको सालिक अनावरण गर्ने कार्यक्रमसमेत थियो । प्रमुख अतिथिका रुपमा पोखरेललाई निम्त्याएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:४० मा प्रकाशित




























