back
CTIZAN AD

सेनाका रेफ्री ढकाल फ्रेन्च इकोपेनमा निर्णायकका लागि फ्रान्स प्रस्थान

वि.सं.२०७८ कात्तिक २४ बुधवार

552 

shares

२४ कार्तिक, काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन ।

पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८ देखि २३ गतेसम्म भएको चिफ अफ आर्मी स्टाफ (सिओएएस) पाकिस्तान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा सहभागी भई उनी त्यहीबाटै कतारको दोहा हुँदै आज फ्रान्स तर्फ लागेका हुन ।

पाकिस्तानमा भएको उक्त तेक्वान्दो प्रतियोगिताका विभिन्न समूहमा भएका ४५ प्रतिस्पर्धामा उनले रेफ्री भएर निर्णय सुनाएका थिए । फ्रान्समा यही कात्तिक २६ देखि २८ गतेसम्म हुने एशियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा रेफ्री ढकालको छनोट भएको हो ।

चीनको वुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता ९सिज्म्स०मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए । चीनकै उसी सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल नेपालको खेलकूद क्षेत्रका स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:०८ मा प्रकाशित