back
CTIZAN AD

एमालेलाई अर्को धक्का, अध्यक्षसहित डडेलधुराको जिल्ला कमिटी नै एकीकृत समाजवादीमा समाहित

वि.सं.२०७८ कात्तिक २४ बुधवार

636 

shares

काठमाडौं । नेकपा (एमाले) डडेलधुराका जिल्ला अध्यक्ष तारा जोशीसहितको बहुमत जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको छ । बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा जोशीसहितको टोली एकीकृत समाजवादीमा प्रवेश गरेको हो ।

एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको आरोप लगाए । जनता र कार्यकर्ताको भावनाअनुसार नै आफुँहरु एकीकृत समाजवादीमा समाहित भएको उनले बताए ।

४९ सदस्यीय डडेलधुरा जिल्ला कमिटीका ४१ सदस्य एकीकृत समाजवादीमा लागेका छन् । अध्यक्षसहितको बहुमत समूह नै एकीकृत समाजवादीमा लागेसँगै एमाले डडेलधुरामा निकै प्रभावहिन पनि बनेको छ ।

बताइएअनुसार १६ जनवर्गीय संगठनका जिल्ला अध्यक्षमध्ये १४ अध्यक्षहरु पनि सामूहिक रुपमै एकीकृत समाजवादी प्रवेश गर्दैछन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जोशीसहितको समूहले पटक–पटक संस्थापन पक्षसँग आग्रह गर्दै आएको थियो । तर, संस्थापन पक्षले भने बहुमत समूहको आग्रहलाई अस्वीकार गर्दै आएको थियो ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १६:५० मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...