back
CTIZAN AD

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको न्युयोर्क च्याप्टरले मनायो तिहार

वि.सं.२०७८ कात्तिक २४ बुधवार

705 

shares

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा तिहार कार्यक्रम सम्पन्न भएको छ ।

च्याप्टरका सभापति केशवराम राईको सभापतित्वमा सम्पन्न उक्त तिहार कार्यक्रमका अवसरमा पत्रकार तथा युवा नेता शान्तिराज राईलाई स्वागत समेत गरिएको थियो ।

No description available.

कार्यक्रममा सभापति राईले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना दिएका थिए ।

त्यस्तै संस्थाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मुना राईले पत्रकार राईलाई खादा लगाइदिएर तथा फुलको गुच्छाले स्वागत गरेकी थिइन् । उनले पत्रकार राईले समाजमा छुट्टै योगदान दिएको भन्दै प्रसंसा समेत गरेकी थिइन् ।

त्यस्तै उक्त कार्यक्रममा भर्खर अमेरिका आएका संस्थाका नयाँ सदस्यहरु तेज राई र उदिर राईलाई पनि स्वागत गरिएको थियो । सोहि कार्यक्रममा भर्खर बिबाह बन्धनमा बाँधिएका ममता यात्री खालिङ राई र पत्रकार शान्तिराज राईको दाम्पत्य जीवनको सफलताको कामना समेत गरिएको थियो । साथै आउने उधौली पर्व कार्यक्रमका लागि तयार हुन भन्दै सम्पूर्ण च्याप्टर परिवारलाई तिहारको शुभकामना दिइएको थियो ।

No description available.

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल फिप्ना अमेरिकाका सल्लाहकार डन्डु शेर्पाले तिहारको शुभकामना दिदैँ विदेशमा रहे पनि आदिवासी जनजातीहरुको हक अधिकारका लागि पहल तथा आवाज उठाइरहनुपर्ने बताए ।

त्यस्तै संस्थाका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर राईले संस्था सबैको आवस्यकता रहेकोले संस्थालाई अगाडि बढाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए ।

त्यस्तै अन्तराष्ट्रिय मार्सल आर्टस तथा अन्तराष्ट्रिय रेफ्री तथा न्युर्योक च्याप्टरका सल्लाहकार पर्खि राईले तिहारको अवसरमा भेटघाट गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै भेटघाटका लागि वातावरण तयार गर्न आवस्यक सबै व्यवस्थापन आफुले गर्ने बताए ।

त्यस्तै किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सभापति राम राईले कारण बस आफ्हरु छुट्टा छुट्टै संस्थामा रहेपनि एकै घरको सन्तान रहेको भन्दैं समयले एकदिन एउटै थलोमा जुटाउने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाली समाज अमेरिकाका महासचिव मनु लोहारुङ राईले तिहारको शुभकामना दिँदै सबैलाई धन्यवाद दिएका थिए । राईले आफ्नो संस्कार र संस्कृतिको संरक्षण आफैले गर्नुपर्ने बताउँदै आफ्नो पहिचान कायम राख्न लाग्नुपर्ने बताए ।

सोहि कार्यक्रममा तमु सोसाइटीका पूर्वअध्यक्ष तथा फिप्नाका सल्लाहकार मेख गुरुङले नेपालीहरुको महान चाड तिहार रमाइलो गरी मनाउन पाएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।

त्यसैगरी सिंगापुर पुलिस फोर्सका अफिसर पथरमान राईले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै तिहारको अवसरमा भेटघाट गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा समाजसेवी अग्नि राईको उपस्थिति रहेको थियो भने संचालन च्याप्टरका सुसान राईले गरेका थिए साथै कार्यक्रमको संयोजन न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष बाला राई र महासचिव प्रमल राईले गरेका थिए ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १७:३८ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...