back
CTIZAN AD

जाडो मौसम शुरु भयो, कफ र दमका रोगीले के गर्ने ?

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

912 

shares

सन्सारन्युज । कफ र दमका रोगीहरुलाई रोग कम गर्न घरेलु उपायबारे आचार्य बालकृष्णले औषध दर्शनमा निम्न उपायलाई उल्लेख गरेका छन् ।

सानो पिप्पली १ नग लिएर गाईको दुधमा १० देखी १५ मिनेटसम्म उमाल्ने । उमालेर पहिले पिप्पली खाएर, सो दुध पिउने । अर्को दिन २ पिप्पली लिएर दुधमा राम्रोसँग उमालेर पहिल्यै नै १ पिप्पली खाने र फेरी दुध पिउने । यसै तरिकाले ७ देखी ११ पिप्पली सम्म सेवन गरेर क्रमशः कम गर्दै जाने, अर्थात जसरी एक एक पिप्पली प्रतिदिन बढाइएको थियो, त्यस्तै प्रकारले ११ पिप्पली कम गर्दै गएर १ नगमा फर्किने ।

यदि धेरै गर्मी नलागेमा १५ दिनसम्म १५/१५ पिप्पली पनि एक पटकमा लिन सकिन्छ । धरै गर्मी लागेमा ७ वा ११ दिनमा नै पिप्पली रोकेर पुनः क्रमश १ पिप्पलीमा फर्कने । यसरी पिप्पलीयुक्त दुध बिहानको समयमा सेवन गर्ने र १० दिनसम्म सादा आहार खाने । घिउ, तेल, र कुनै प्रकारको अमिलो र चिसो पदार्थहरु नखाने ।

यसो गर्दा कफ, दम, पिनास, रुघा र पुरानो खोकीलाई निको हुन सहयोग पुर्याउँछ । यसले मदाग्नि, ग्याँस, अपचन, आदि रोगहरु पनि हटाउँछ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १८:४५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...