काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीशले पदमा बस्ने नैतिक आधार गुमाइसकेको बताएका छन् ।
थापाले प्रधान्यायाधिशले नैतिक अधिकार गुमाएको बताउँदै तर व्यक्तिको स्वतन्त्र आगमन/ कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएको बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले भनेका छन् –प्रधानन्यायधीशले पदमा बस्ने नैतिक आधार गुमाई सक्नु भयो,विवाद छैन । तर,व्यक्तिको स्वतन्त्र आवागमन\कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन ? त्यो पनि कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट । हामी जस्ता गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालि सक्यो ।’
प्रधानन्यायधीशले पदमा बस्ने नैतिक आधार गुमाई सक्नु भयो,विवाद छैन।तर,व्यक्तिको स्वतन्त्र आवागमन/कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन?त्यो पनि कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट।
हामी जस्ता गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालि सक्यो— Kamal Thapa (@KTnepal) November 12, 2021
नेपाल बार एसोशियसनले आज प्रधानन्यायाधिश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताएपछि थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ०९:३३ मा प्रकाशित






























