back
CTIZAN AD

बारले आज प्रधानन्यायाधिश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार

756 

shares

काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराको राजिनामाको माग गर्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएको नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरालाई सर्वोच्च अदालत भित्र प्रवेशमा रोक लगाउने बताएको छ ।

प्रधानन्यायाधिश राणाको राजिनामाको माग गर्दै विहीवार शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी हस्तक्षेप गर्दै आफुहरुको आन्दोलन दबाउन प्रधानन्यायाधिश जवराले बिचौलिया र भिजलान्ते प्रयोग गरेको आरोप लगाएको बारले आज राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताएको हो ।

बारका महासचिव लिलामणि पौडेलका अनुसार आज बिहान साढे नौ बजे नै कानुन व्यवसायीहरु बारमा भेला भएर सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने र प्रधानन्यायाधिश जवरालाई प्रवेशमा रोक लगाउने भएको हो ।

त्यस्तै सर्वोच्च अदालतले भने कानुन व्यवसायीहरुलाई धर्नास्थलमा जान नदिने रणनीति बनाएको छ ।

बुधवार धर्नामा बसिरहेका बेला प्रहरीको हस्तक्षेपका कारण बारका वरिष्ठ उपाध्यक्ष अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लिलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायीहरु घाईते भएको बारले जनाएको छ ।

वकिलहरु घाईते भएपछि बारको आक्रोशः प्रधानन्यायाधिशले बिचौलिया र भिजलान्ते प्रयोग गरे

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ०९:२० मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...