२६ कार्तिक, काठमाडौँ । सेमिफाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेका पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको पारी खेलेका थिए । त्यसैगरी बाबर आजमले ३९ र फखर जमानले ५५ रनको पारी खेलेका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा माचिल स्टार्कले सर्वाधिक २ विकेट लिएका थिए ।
पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ४९ रन बनाएका थिए भने मिचल मार्शले २८, स्टिवन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाएका थिए । त्यसैगरी मार्कश स्टोइनिस ३१ बलमा ४० रन र म्याथ्यु वेडले १७ बलमा ४१ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । पाकिस्तानका लागि बलिङ्गमा भने सादाब खानले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ०९:५६ मा प्रकाशित






























