२६ कार्तिक, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाको रुपन्देही वडा नं। ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त शाखा संचालनमा ल्याएको हो ।
मणिग्राम शाखा कार्यालय संचालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १०:२२ मा प्रकाशित






























