२५ कर्तिक, काठमाडौँ । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
एचआईडिसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरे पश्चात कायम ६ लाख ३९ हजार ५३५.२२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
शेयरधनीको डिम्याट खातामा उक्त सेयर आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १०:३२ मा प्रकाशित





























