अष्ट्रेलिया । इन्टरनेशनल स्टुडेण्ट एडभाईजर नेटवर्क अफ अष्ट्रेलियाको सचिवमा शिव बन्जारा निर्बाचित भएका छन् ।
अष्ट्रेलियास्थित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र र अन्तर्राष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने उक्त संस्थाको सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटि सिड्नीमा हालै सम्पन्न साधारणसभाले बन्जारालाई सचिवमा निर्वाचित गरेको हो ।
उक्त पदमा निर्बाचित हुने बन्जारा नेपाली मुलका पहिलो प्रतिनिधि हुन् । उनी २ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
युनिभर्सल थट कन्सलटका प्रबन्ध निर्देशक बन्जाराले उक्त पदमा रहेर अन्तराष्ट्रिय बिद्यार्थीहरू र शिक्षा क्षेत्रको बृहत्तर हितका लागि महत्वपूर्ण कार्ययोजना सहित कार्यन्वयन गर्ने बताएका छन् ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १०:४९ मा प्रकाशित






























