back
CTIZAN AD

विप्लव, किरण र बाबुरामजीहरुलाई छिट्टै अंकमाल गर्ने प्रतिक्षामा छु-अध्यक्ष प्रचण्ड

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार

783 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश प्रतिक्षारत रहेको बताएका छन् ।

शुक्रवार बिहान पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्राउन आफु आतुर रहेको बताएका छन् ।

‘ विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु । अब अलग बसेर होइन हामी सबै एक ठाउँमा केन्द्रीत भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ रणनीतिका साथ अगाडी लैजान सकिन्छ,’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘कुराकानी चलिरहेको छ किरणजी, बाबुरामजी तथा विप्लवजीहरुसँग छिट्टै हात मिलाउने र अंकमाल गर्ने दिनको प्रतीक्षामा छु ।

अध्यक्ष प्रचण्डले पार्टी बिभाजन भएर थुप्रै गुटहरु बनेको र अझै पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने र प्रचण्डलाई नसिध्याउँदासम्म माओवादी आन्दोलन नसकिने भयो भन्दै घेराबन्दी गरिरहेको समेत बताए ।
उनले प्रचण्ड व्यक्ति नभएर जनताले जन्माएको र एकैसमयमा थुप्रै प्रचण्ड हुन नसक्ने समेत बताए ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ११:१४ मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...