काठमाडौं । नेपाल बार एसोशियनले विरोधका कार्यक्रमहरु थप शसक्त बनाउँदै लैजाने बताएको छ ।
शुक्रवार बिहान प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जबरालाई सर्र्वोच्च अदालतभित्र प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै बारका महासचिव लिलामणि पौडेलले प्रधान न्यायाधिशले भिजलान्ते प्रयोग गरेर आन्दोलन दवाउन खोजेको भन्दै आन्दोलनका कार्यक्रमहरु थप शसक्त बनाउने बताएका हुन् ।
प्रधानन्यायाधिशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भनेर आन्दोलनमा रहेका कानुन व्यवसायीहरुलाई धर्नास्थलमा जान नदिने व्यापक प्रहरी परिचालन गरिएको छ । स्रोतका अनुसार कानुन व्यवसायीको विरोधका बाबजुत पनि प्रधानन्यायाधिश बैकल्पिक बाटो प्रयोग गरेर अदालत छिरेका छन् ।

जबरा बिहान ११ बजेको समयमा सुरक्षाकर्मीको स्कर्टिङमा मूल गेट छोडर एक नम्बर गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
बिहान साढे नौ बजे सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै धर्नामा बसेका र प्रधानन्यायाधिशको समर्थनमा रहेका कानुन व्यवसायीबीच भडप समेत भएको थियो । कानुन व्यवसायीहरुले १२ बजेसम्म भर्ना दिने र बारको कार्यालयमा फर्किने बताएका छन् ।
बारले आज प्रधानन्यायाधिश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ११:२८ मा प्रकाशित






























