back
CTIZAN AD

न्यायाधीशहरुकै समूहमा विद्रोह, बारसँगको छलफललाई पाँच न्यायाधीशले गरे बहिस्कार

वि.सं.२०७८ कात्तिक २९ सोमवार

708 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका न्यायाधीहरुकै समूहमा फुट आएको छ । राणाले राजीनामा दिनुपर्ने एक सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको समूहका पाँच न्यायाधीशहरुले फरक मत राखेका हुन् ।

न्यायाधीशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारीबीच भएको छलफललाई पाँच न्यायाधीशले बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान विज्ञप्तिमार्फत सार्वजनिक गरेपछि सोमबार दिउँसो दुई बजेदेखि न्यायाधीशहरू र बारका पदाधिकारीबीच छलफल भएको थियो । तर, छलफलमा १३ न्यायाधीश मात्रै उपस्थित थिए ।

छलफललाई न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्माले बहिस्कार गरेका हुन् । बताइएअनुसार उनीहरू नियमित मुद्दाको सुनुवाइ गर्न इजलासमा फर्किने तयारीमा छन् । उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमति भए फर्किने तयारीमा छन् ।

झण्डै तीन सातादेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन चलिरहेको छ । आन्दोलनले बन्दी प्रत्यक्षीकरणका मुद्दा बाहेकका इजलास प्रभावित छन् ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:४५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...