back
CTIZAN AD

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम

वि.सं.२०७८ कात्तिक २९ सोमवार

717 

shares

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारी अनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन् ।

कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ ।

गत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२५ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म यसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार ६५५ रहेको बताइएको छ । भारतमा गत २४ घण्टामा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस शुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार १८:४१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...