Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

घुस सहित २ वडा सदस्य पक्राउ



सर्लाही । जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घुस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा