back

नगरपालिकाद्वारा किसानलाई आलु र गहुँको बीऊ वितरण

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

174 

shares
NTC AD
Global IME AD

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको आलु र गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले मंगलबार आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरेको हो ।

प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताए । उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताए ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताए । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउ वितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ ।
रासस

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

प्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री खनालबीच राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री खनालबीच राजनीतिक विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी...

आज फेरी नयाँ रेकर्ड ब्रेक गर्यो सुनको मूल्यले, कतिमा हुँदै छ कारोबार  ?

आज फेरी नयाँ रेकर्ड ब्रेक गर्यो सुनको मूल्यले, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज वैशाख चार गते सुनको मूल्यले नयाँ रेकर्ड...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)मा एक लाख २०...