back
CTIZAN AD

नगरपालिकाद्वारा किसानलाई आलु र गहुँको बीऊ वितरण

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

837 

shares

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको आलु र गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले मंगलबार आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरेको हो ।

प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताए । उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताए ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताए । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउ वितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ ।
रासस

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:१३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...