Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

रंगशालाको निर्माण रोकियो भन्दै धुर्मुसले भने – अपेक्षित सहयोग जुटेन, सरकारले हेर्नुपर्यो (भिडियोसहित)



फाइल तस्बिर

काठमाडौं । आर्थिक अभावका कारण गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको भन्नै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् । उनले अभिभावकत्वको रुपमा सरकारले जिम्मा लिनुपर्ने बताएका छन् ।

रंगशालाको निर्माणको क्रममा लागेको खर्च जुटाउन नसकेको भन्दै धुर्मशले आफुँ निकै आर्थिक संकटमा भएको पनि बताएका छन् । उनले आफुँ र आफ्नो संस्था करोडौं ऋणको भारी बोकेको हिँडेको बताए ।

रंगशाला निर्माणको लागि सामाग्री दिने कतिपय कम्पनी नै ऋणको कारण बन्द हुन पुगेको कुरा कट्टेलले बताएका छन् ।

‘१७ करोडभन्दा माथि ऋणको भारी बोकेर हामी हिँडिरहेका छौं । ति निर्माणका सामाग्री दिने विभिन्न कम्पनी तथा व्यक्तिहरु धेरै कुरीसक्नु भयो । कति कम्पनी यसैका कारण बन्द हुने अवस्थामा समेत पुगेका छन् । उहाँहरुको तारान्तार फोन, म्यासेज आउँछ तर, मसँग पनि जवाफ छैन् ।’, कट्टेलले भनेका छन्, ‘देशको एउटा सम्पत्ती तयार गर्दै गर्दा, राज्यले पनि अभिभावक भएर पक्कै पनि सहयोग गर्नुपर्ने होला । हामी सहयोग चाहन्छौं, अभिभावकत्व चाहन्छौं ।’

कट्टेलले राज्यले अभिभावक बनेर रंगशाला निर्माणमा प्रोत्साहन गरे एक वर्षभित्रै बन्न सक्ने पनि उनले बताए । ‘अझै पनि ६ महिना, १ वर्षमा रंगशाला बनाउन सकिन्छ’, उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग चाहियो।’

कट्टेलले निर्माणका कार्य रोकिएमा त्यसले नराम्रो सन्देश जाने भन्दै सोँचिदिन आग्रह गरेका छन् । ‘हामी विचलित भएर रंगशाला निर्माणको काम रोकियो भने यो देशमा विकास कहिल्यै हुँदैन भन्ने सन्देश जान्छ’, उनले भनेका छन्, ‘यो कामलाई अघि बढाउन सबैको सहयोग चाहेका छौं।’

यस्तो छ कट्टेलको अपिल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम