काठमाडौं । सुनको भाउ निरन्तर उकालोतिर लागिरहेको छ । सोमबारको बजारमा तीनसय रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलवारको बजारमा भने प्रतितोला ५०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ३०० र चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:५८ मा प्रकाशित






























