back
CTIZAN AD

वार्ताकै बीच चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई धम्क्याएपछि…

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

819 

shares

काठमाडौं । ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने अमेरिकालाई चीनले फेरि एकपटक धम्की दिएको छ । ह्वाइट हाउसमा जारी भर्चुअल शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नु भनेको अमेरिकाका लागि आगोसँग खेल्नुजस्तै हो, आगोसँग खेल्नेहरूले जल्ने स्पष्ट चेतावनी दिएका छन् ।

ताइवानको मुद्दामा चलिरहेको यो शिखर सम्मेलनको उद्देश्य दुई महाशक्तिबीचको द्वन्द्व अन्त्य गर्ने थियो तर, चीनले अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष आफ्नो अडान स्पष्ट गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘अमेरिकाका केही मानिसहरू चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गर्न चाहन्छन्, तर यो निकै खतरनाक र आगोसँग खेल्नु जस्तै हो।’

अमेरिकासँग तीतो सम्बन्ध

विश्वका दुई ठूला अर्थतन्त्र र महाशक्तिबीचको सम्बन्ध विगत केही दिनदेखि तनावपूर्ण बन्दै गएको छ । पहिलो, कोभिड–१९ महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चीनको सम्बन्ध बिग्रियो, त्यसपछि ताइवानमाथि बढ्दो दबाबले बाइडेन प्रशासनलाई असहमत बनायो । ताइवानमाथि चीनको बढ्दो दबाबलाई लिएर अमेरिका खुलेर बाहिर आएपछि चीनले आफ्नो अडान स्पष्ट राखेको हो ।

चिनियाँ आक्रमणपछि सम्बन्ध बिग्रियो सम्बन्ध

चीनले हालै ताइवानको सीमामा घुसपैठ गरेको थियो । दुई दर्जनभन्दा बढी चिनियाँ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । यसपछि अमेरिकाले ताइवानलाई समर्थन गरेपछि चीन झनै आक्रामक बनेको छ ।

हङकङ-तिब्बतमा मानवअधिकारप्रति बाइडेनको चिन्ता

भर्चुअल शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनजियाङ, तिब्बत र हङकङमा चीनको गतिविधिप्रति चिन्ता व्यक्त गरेका थिए। बाइडेनले अमेरिकी कामदारहरूलाई चीनको अनुचित व्यवहार र आर्थिक अभ्यासबाट जोगाउन आवश्यक रहेको बताए।
यसका साथै उनले स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रको महत्वबारे पनि चर्चा गरेका थिए । यस क्षेत्रका लागि अमेरिकाको प्रतिबद्धताबारे चीनलाई अवगत गराएका थिए । एजेन्सीबाट

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:१४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...