back
CTIZAN AD

कांग्रेस महाधिवेशनः तनहुँका तीन प्रदेश क्षेत्रमा निर्वाचन, एकमा सर्वसम्मत

वि.सं.२०७८ मंसिर ४ शनिवार

807 

shares

दमौली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिबार मतगणना सकिएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी भएका हुन् । । उनका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी ह भएका छन् । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन् ।

तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् । आज बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका छन् । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ ।

रानाले २३८ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन् ।

सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन् । सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन् ।

प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी जुक्तराज वाग्ले, निशादेवी पौडेल, अन्जनकुमार श्रेष्ठ, हीरालाल गुरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः गरी विजयी भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । साथै उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

वि.सं.२०७८ मंसिर ४ शनिवार १२:२७ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...