प्रेम परियार, ओस्लो, नर्वे । गैरआवासीय नेपालीहरुको साझा संस्था (एनआरएनए) को १० औ महाधिबेशन यहि मंसिर २९ गते हुने भएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औ महाधिवेशन नयाँ नेतृत्वको चयन अनलाइन (बिधुतिय माध्यम) मार्फÞत हुने अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।
केन्द्रीय सल्लाहकार समेत रहेका अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रतिनिधि छनौट सम्बन्धी बिबाद समधान नभै चुनावको मिती तोकिएको भनि असंतुष्ट जनाउँदै आएका छन् ।
उनीहरुले परराष्ट्रमा दिएको उजुरीलाई सम्बोधन नगरी चुनावको मिति तोक्नुलाई एकलौटी निर्णय भनेका छन् ।
अहिलेसम्म रबिना थापा, कुल आचार्य र डा. बद्री कÞेसीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
वि.सं.२०७८ मंसिर ४ शनिवार १२:३९ मा प्रकाशित





























